एक खेल बाँकी छँदै इङ्ग्ल्यान्डले जित्याे पाकिस्तानसँगकाे टेस्ट शृङ्खला

 मंसिर २६, २०७९ सोमबार १५:१३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : इङ्ग्ल्यान्ड क्रिकेट

काठमाण्डाै – पाकिस्तानसँगको टेस्ट शृङ्खला इङ्ग्ल्यान्डले जितेको छ । पाकिस्तानको मुल्तानमा भएको दोस्रो टेस्त २६ रनले जितेसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खला एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको हो ।

तीन सय ५५ रनको लक्ष्य पछ्याएको पाकिस्तान चौथो दिनको दोस्रो सेसनमा तीन सय २८ रन बनाउँदा अलआउट भयो । उसका लागि साउद सकिलले सर्वाधिक ९४ रन बनाए । यस्तै इमाम उल–हकले ६०, मोहम्मद नवाज तथा अब्दुल्लाह सफिकले ४५/४५ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका मार्क उडले चार तथा ओइली रोबिनसन र जेम्स एन्डरसनले दुई/दुई विकेट लिएका छन् ।

इङ्ग्ल्यान्डले पहिराे पारीमा दुई सय ८१ र दाेस्राे पारीमा दुई सय ७५ रन बनाएकाे थियाे । इङ्ग्ल्यान्डका ह्यारी ब्रुकले एक सय आठ रन बनाए । पाकिस्तान पहिराे पारीमा दुई सय दुई रन बनाएकाे थियाे । 

इङ्ग्ल्यान्डले पहिलाे टेस्ट ७४ रनले जितेकाे थियाे । शृङ्खलाकाे तेस्राे तथा अन्तिम खेल आउँदाे डिसेम्बर १७ देखि सुरु हुनेछ ।

विश्व टेस्ट च्याम्पियनशिपमा इङ्ग्ल्यान्ड पाँचौँ र पाकिस्तान छैटाैँ स्थानमा रहेका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया