सुरक्षा परिषदमा भारतकाे स्थायी सदस्यताका लागि रुसले समर्थन दाेहाेर्‍यायाे

 मंसिर २६, २०७९ सोमबार २०:८:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले राष्ट्र सङ्घीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताका लागि फेरि एक पटक आफ्नो समर्थन दोहोर्‍याएकाे छ । साथै रुसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँ दिल्लीको अडानले परिषद्को गरिमा बढाएको बताएको छ । 

प्रिमकोभ रिडिङ्स इन्टरनेशनल फोरममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले परिषद्को स्थायी सदस्यमा भारतलाई आफ्नो देशको समर्थन रहेको बताउनुभएको हो । आर्थिक वृद्धिका दृष्टिले विश्वका अग्रणी देशमध्ये भारत एक भएको र भारतसँग विश्वमा देखिएका विभिन्न प्रकारका समस्या समाधान गर्ने ठूलो कुटनीतिक अनुभव भएको लाभरोभको भनाइ छ ।  

महासभामा उहाँले विशेषगरि भारत र ब्राजिल प्रमुख अन्तर्राष्ट्रिय शक्ति भएकाले उनीहरूलाई परिषद्को स्थायी सदस्यता प्रदान गर्नुपर्ने बताउनुभएको थियो । 

पन्ध्र देश सदस्य रहेको सुरक्षा परिषद्का पाँच वटा स्थायी सदस्यमध्ये अमेरिका, बेलायत, फ्रान्स र रुसले भारतलाई स्थायी सदस्यताका निम्ति समर्थन गरेका छन् भने चीन मौन रहेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया