अरुणाञ्चलमा पर्ने भारत-चीन सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच झडप, केही भारतीय घाइते

 मंसिर २७, २०७९ मंगलबार ६:५६:२५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

भारतकाे अरुणाञ्चल प्रदेशमा पर्ने भारत-चीन सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच झडप भएको छ । सीमा क्षेत्र तवाङको याङत्सेमा शुक्रबार राति भएको झडपको खबर हिजो मात्रै बाहिर आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

झडपमा केही भारतीय सैनिक घाइते भएको समाचार भारतीय पत्रिका ट्रिब्युन इन्डियाले जनाएको छ । ट्रिब्युनले भारतीय सेनाको उच्चस्रोतलाई उद्धृत गरेर उल्लेख गरे अनुसार भारतको भूमिमा चिनियाँ सेना प्रवेश गरेपछि झडप भएको थियो । केही सैनिक घाइते भएपछि दुवै पक्षका ड्युटी कमाण्डरले वार्ता गरेर समस्या समाधानको पहल गरेका थिए ।

भारतीय पक्षले केही चिनियाँ सैनिक पनि घाइते भएको दाबी गरे पनि चीनले पुष्टि गरेको छैन । भारत र चीनबीच सीमा क्षेत्रमा पटक पटक झडप र लडाइँ हुने गरेको छ । यसअघि २०२० को जुन महिनामा लद्दाखको गलवान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिक र केही चिनियाँ सैनिकको ज्यान गएको थियो ।

यसैबीच, कांग्रेस नेता तथा राज्यसभा सांसद जयराम रमेशले मोदी सरकारले आफ्नो राजनीतिक छवि बचाउनका लागि सीमा क्षेत्रको झडप लुकाउन खोजेको र देशलाई खतरामा पारेको आरोप लगाउनुभएको छ । देशभन्दा ठूलो कोही नहुनेमा मोदीले भने आफ्नो छवि जोगाउन देशलाई नै खतरामा पारेको उहाँको आरोप छ ।  

रमेशले उत्तरी लद्दाखमा चीनले भारतमा घुस्न २ सय वटा स्थायी आश्रयस्थल बनाएको तर सरकार मौन रहनु नयाँ चिन्ताको विषय बनेको कांग्रेसका सांसद रमेशको आरोप छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया