मेस्सीले भने– ‘याे मेराे अन्तिम विश्व कप’

 मंसिर २८, २०७९ बुधबार १४:७:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका छन् । 

हिजो मङ्गलवार क्रोएसियालाई हराएर फाइनलमा पुगेसँगै मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका बीबीसीले जनाएको छ । कतारमा चलिरहेको विश्व कपमा मेस्सीले पाँच गोल गरिसकेका छन् । उनले आफ्नो देश फाइनलमा पुग्दा निकै खुसी लागेको र यो नै आफ्नो अन्तिम विश्व कप हुने बताएका हुन् ।  

पाँचौँ पटक विश्व कप खेलिरहेका मेस्सीले एक पटक पनि विश्व कपको उपाधि दिलाउन सकेका छैनन् । मेस्सीले अर्जेन्टिनाबाट विश्व कपमा सबैभन्दा धेरै ११ गोल गरेका छन् भने आउँदो फाइनलमा उनले विश्व कपमा आफ्नो २६ औँ खेल खेल्दैछन् । अहिलेसम्म विश्व कपमा २६ औँ खेल खेल्ने मेस्सी एक्ला खेलाडी बन्नेछन् । 

मेस्सीले अहिलेसम्म सात पटक बालेन डी ओर र एक पटक फिफा सर्वश्रेष्ठ खेलाडीको उपाधि जितेका छन् । यसअघि सन् २०१६ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका मेस्सीले त्यहाँका राष्ट्रपतिको आग्रहमा सन्यास फिर्ता लिएर पुनः खेलिरहेका छन् । सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको मेस्सीले एक सय ७२ खेलमा ९७ गोल गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया