कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट : फिफा अध्यक्ष इन्फान्टिनियो

 पुस २, २०७९ शनिबार ६:४१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका अध्यक्ष जियानी इन्फान्टिनियोले कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट विश्व कप भएको दाबी गरेका छन् ।

फिफा काउन्सिलको बैठकपछि अध्यक्ष इन्फान्टिनियोले दर्शकको उपस्थिति, टिमको व्यवस्थापन र अन्य  हिसाबले यो विश्व कप निकै उत्कृष्ट रहेको बताएका बीबीसीले जनाएको छ । उनले अहिलेसम्मकै उत्कृष्ट विश्व कप आयोजना गरेकोमा कतार सरकारलाई धन्यवाद पनि दिएका छन् ।

कतार जस्तो धार्मिक रुपमा अडिग देशमा समर्थकले खेलको मज्जा लिन पाएको, महिला रेफ्रीले खेल खेलाएको र लाखौँ विदेशीले कतार बसाइका क्रममा खुसी मनाएको लगायतका कारण विश्व कप अविस्मरणीय भएको उनको भनाइ छ । यो विश्व कपले फुटबललाई अझै विश्वव्यापी बनाउन ठूलो भूमिका खेलेको अध्यक्ष इन्फान्टिनियोले बताएका छन् ।

कतार विश्व कपको तयारीको क्रममा मानवअधिकार लगायतका केही विषय उठे पनि अहिले संसारभरका करोडौँ दर्शकले फुटबलको मज्जा लिइरहेकाले यस्ता विषयलाई उपयुक्त र सम्बन्धित ठाउँमा स्थान दिन फिफाका अध्यक्ष इन्फान्टिनियोले आग्रह गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया