केही चर्चित पत्रकारको अकाउन्ट निलम्बन गरेकोमा ट्विटरको चौतर्फी आलोचना

 पुष २, २०७९ शनिबार ६:५७:४ | एजेन्सी
unn.prixa.net

केही चर्चित पत्रकारहरुको अकाउन्ट निलम्बन गर्ने ट्विटरको कदमको चौतर्फी विरोध भएको छ ।

न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्टन पोष्ट लगायत ठूला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरुको अकाउन्ट ट्विटर कम्पनीले निलम्बन गरिदिएको छ । यो कदमको युरोपेली युनियन र संयुक्त राष्ट्र सङ्घले विरोध गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घले मिडिया र पत्रकारलाई खेलौना नसम्झन र स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्र सङ्घका उपसचिव मेलिसा फ्लेमिङले ट्विटरले आफूलाई आलोचना गरेर समाचार लेखेकै भरमा अकाउन्ट नै निलम्बन गरिनु खेदजनक कार्य भएको बताउनुभएको छ ।

स्वतन्त्र प्रेस लोकतान्त्रिक समाजको आधारशिला र विकृति विरुद्धको लडाइँको एक प्रमुख उपकरण भएकाले यसलाई सम्मान गर्न उहाँले आग्रह गर्नुभएको छ । युरोपेली युनियनले भने ट्विटरमाथि प्रतिबन्धको धम्की दिएको छ ।

युनियनका आयुक्त भेरा जावरोभाले ट्विटरका मालिक एलन मस्कले मनपरिको मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै प्रतिबन्धको बारेमा छलफल भइरहेको बताउनु भएकाे छ । मस्कले आफ्नो र आफ्नाे कम्पनीको आलोचना गर्नेहरुप्रति शत्रुतापूर्ण व्यवहार गरेको भन्दै आलोचना बढ्दै गएको हो । अघिल्लो महिना ४४ अर्ब डलरमा ट्विटर खरिद गरेपछि उहाँ विवादमा तानिँदै आउनुभएको छ । 
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Rajendra Hada

    Dec. 17, 2022, 7:37 a.m.

    आफूलाई परे ऐया , अरुलाई परे थैया भनेको यही हो / अमेरिकी राष्ट्रपति ट्रम्पको एकाउन्ट बन्द गर्दा तारिफ गरेको थियो नि यीनीहरुले .....

  •  0 Reply

तपाईको प्रतिक्रिया