फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्याे विश्व कपकाे उपाधि

 पुस ३, २०७९ आइतबार २३:४०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे ।

निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । पेनाल्टी शुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पे र कोलो मुनीले मात्र गोल गर्न सके । किङ्सली कोमन र चोमेनीले गोल गर्न सकेनन् ।

यसअघि अर्जेन्टिनाका लागि लियाेनल मेस्सीले दुई र एन्जेल डी मारियाले एक गाेल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पेले 'ह्याट्रिक' गरे ।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कपकाे उपाधि जित्याे । यसअघि सन् १९८६ मा अर्जेन्टिनाले विश्व कप जितेकाे थियाे । त्यसअघि सन् १९७८ मा उपाधि जितेकाे थियाे । फ्रान्स भने यसअघि सन् १९९८ र २०१८ मा विजेता बनेको थियो । 

आजकाे खेल (फाइनल) मा ह्याट्रिक गरेका एम्बाप्पेले सन् १९६६ काे रेकर्ड ताेडेका छन् । यसअघि सन् १९६६ मा इङ्ग्ल्यान्डका जियाफ हर्स्टले ह्याट्रिक गरेका थिए । त्याे संस्करणकाे विश्व कप फाइनल इङ्ग्ल्यान्डले जितेकाे थियाे । 

यस्तै आजकाे खेलमा मेस्सी फिफा विश्व कपमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । उनले सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान बनाएका हुन् । मेसीले जर्मनीका लोथार म्याथाउसको २५ खेलको कीर्तिमान तोडेका हुन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया