निराशाजनक 'कोप–२९' मा नेपालका लागि केही आशा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - २३ वर्षमुनिको बङ्गबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा घरेलु टोली बङ्लादेशसँग पराजित भएको छ । बङ्लादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु तथा आयोजक बङ्लादेशसँग ३–० को सोझो सेटमा पराजित भयो ।
नेपालले पहिलो सेट २४–२६, दोस्रो सेट २२–२५ र तेस्रो सेट २५–२१ ले गुमाउन पुग्यो । बङ्लादेशमा हिजोदेखि सुरु भएको च्याम्पियनसिपमा किर्गिस्तानले श्रीलंकालाई ३–१ को सेटमा हराएको छ । राउन्ड रोविन लिगको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्नेछ । त्यस्तै भोलि किर्गिस्तानसँग खेल्नेछ ।
च्याम्पियनसिपमा आयोजक बङ्लादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । बङ्लादेश र किर्गिस्तानले ३ अंक जोडेका छन् भने नेपाल र श्रीलंका अंकविहीन छन् । पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो हुने टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलका खेल पुस १० गते तथा फाइनल खेल ११ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।