महिला तथा किशोरीले उच्च शिक्षा लिन नपाउने तालिबान सरकारको निर्णयपछि चौतर्फी विरोध

 पुष ८, २०७९ शुक्रबार ६:५४:६ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानमा तालिबान सरकारले महिला तथा किशोरीलाई उच्च शिक्षा लिन नपाउने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको छ । विभिन्न सङ्घ संस्था र निकायले महिला अधिकारको सुनिश्चित गर्न र शिक्षामा महिलाको समान अधिकार कार्यान्वयन गर्न अपिल गरेका छन् ।

तालिबान सरकारले पछिल्लो पटक महिला तथा किशोरीलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको छ । अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु निकै दुःखद रहेको संयुक्त राष्ट्र सङ्घीय अधिकारीहरुले बताएका छन् । संयुक्त राष्ट्र सङ्घीय वुमनका कार्यकारी निर्देशक सीमा बहाउसले यो निर्णय तुरुन्त सच्याउनुपर्नेमा जोड दिनुभएको छ ।

शिक्षामा महिलाको पनि समान अधिकार रहेकाले त्यसको सबैले सम्मान गर्नुपर्ने उहाँको भनाइ छ । यसअघि अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले विज्ञप्ति नै निकालेर यो निर्णय सच्चाउन अपिल गर्नुभएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोली ब्लिङ्केनले देशको आधा जनसङ्ख्यालाई पछाडि धकेलेर कुनै पनि देश फस्टाउन नसक्ने टिप्पणी गर्नुभएको छ । दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि महिला तथा किशोरीका अधिकारमाथि हस्तक्षेप हुँदै आएको छ ।

उनीहरुलाई धेरैजसो सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध छ । तालिबान सरकार महिला अधिकारका विषयमा झन् झन् अनुदार बन्दै गएको भन्दै आलोचना हुँदै आएको छ । सरकारको पछिल्लो निर्णयको त्यहाँका महिला तथा विद्यार्थीहरूसमेत विरोध गरेका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया