रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – सरकार गठनको बारेमा दलहरूबीच सहमति जुटेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ओली, माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी लगायतका नेताहरूको बैठकले सरकार गठनको विषयमा सहमति जुटाएको हो ।
आफूहरूको साथमा एक सय ६६ जना सांसद हुने एमाले र माओवादीको दाबी छ । सहमतिअनुसार अहिलेलाई प्रचण्ड प्रधानमन्त्री बन्नुहुनेछ, त्यसपछि एमालेले प्रधानमन्त्री पाउनेछ ।
त्यसअघि आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि माओवादीका अध्यक्ष प्रचण्ड नयाँ गठबन्धन बनाउने भन्दै एमाले अध्यक्ष ओलीको निवास बालकोटमा पुग्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमतसहित नयाँ सरकारको गठन गर्न दिएको एक हप्ताको समय आजै बेलुका ५ बजे सकिँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।