भ्रष्टाचार गर्ने, आफू अनुकूल कानुन बनाउने दिन गए : मन्त्री श्रेष्ठ

 पुष ११, २०७९ सोमबार १९:१३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताउनुभएको छ ।

आज सोमवार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताउनुभएको हो । उहाँले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु भएको उल्लेख गर्नुभयो । उहाँले नागरिकले कानुनसम्मत रहेका कुनै पनि कामलाई भनसुन नगरिकन र घुस नखुवाइकन गर्नसक्ने बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘यो सरकारकाे प्राथमिकता राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सुशासन कायम गरेर समृद्धिको फड्को मार्नु हो । राजनीतिक परिवर्तनपछि नागरिककाे जीवनमा परिवर्तन गर्नु हो । यसअघि भएका सकारात्मक कामलाई आत्मासात् कमजोरीलाई सच्याउने, समस्यालाई समाधान गर्ने सरकारकाे काम हाे । भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमिततालाई कडाइपूर्वक रोक्नु पहिलो काम हुन्छ । नागरिककाे जीवनमा परिवर्तन हुने गरी शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, खानेपानी, सडक, बिजुली हामीले उपलब्ध गराउनुपर्ने हुन्छ ।’

मन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेहरूले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु भन्ने नसोच्न चेतावनी पनि दिनुभयो । उहाँले भ्रष्टाचार गर्ने र आफू अनुकूल ऐन, कानुन बनाउनेहरूको दिन गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचार गर्नेले वा पैसालाई मात्र केन्द्रविन्दुमा राख्नेहरूले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु र ऐन, नियमलाई आफैँ बनाउँछु भन्ने दिन गए भन्ठान्नुस् ।’ 

मन्त्री श्रेष्ठले नागरिकलाई 'डेलिभरी' दिने कुरालाई प्राथमिकतामा राखेर आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको पनि स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया