इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले वेस्ट ह्यामलाई हरायो

 पुष १२, २०७९ मंगलबार ६:४२:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले वेस्ट ह्यामलाई हराएको छ।

आज बिहान भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ३–१ गोलले हरायो । जितसँगै आर्सनलले अङ्कतालिकामा ७ अङ्कको अग्रता बनाएको छ । उसको १५ खेलमा ४० अङ्क छ । पराजित वेस्ट ह्याम १६औँ स्थानमा छ । उसको १६ खेलमा १४ अङ्क छ ।

प्रिमियर लिगमा गएराति भएका खेलमा लिभरपुलले एस्टन भिल्लालाई र ब्राइटनले साउथह्याम्पटनलाई समान ३–१ गोलले हराएको छ । त्यस्तै, उल्भ्सले एभर्टनलाई २–१ गोलले, फुलह्यामले क्रिस्टल प्यालेसलाई र न्युक्यासलले लेस्टर सिटीलाई समान ३–० गोलले हराएको छ ।

हिजो भएको पहिलो खेलमा टोटनह्याम र ब्रेन्टफोर्डले २–२ गोलको बराबरी खेलेका छन् । विश्व कप फुटबलका कारण रोकिएको प्रिमियर लिगका खेल हिजोदेखि सुरु भएका हुन् ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया