इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी

 पुस १३, २०७९ बुधबार ७:३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी भएका छन् । गएराति भएको पहिलो खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोलले हरायो ।

चेल्सीका काई हार्भेट्ज र मेसन माउन्टले एक/एक गोल गरे । जितसँगै चेल्सी १५ खेलमा २४ अंकका साथ आठौँ स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ खेलमा १६ अंकका साथ १४ औँ स्थानमा रहेको छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोलले हरायो । म्यानचेस्टरका मार्कुस रासफोर्ड, एन्टोनी मार्सिय र फ्रेडले एक÷एक गोल गरे । जितसँगै १५ खेलमा २९ अंकका साथ युनाइटेड अंकतालिकाको पाँचौ स्थानमा छ । नटिङघम फरेस्ट १६ खेलमा १३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

प्रिमियर लिगमा आर्सनल १५ खेलमा ४० अंकका साथ शीर्ष स्थानमा, न्यूक्यासल १६ खेलमा ३३ अंकका साथ दोस्रो स्थानमा, म्यानचेस्टर सिटी १४ खेलमा ३२ अंकका साथ तेस्रो र टोटनहम १६ खेलमा ३० अंकका साथ चौथो स्थानमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया