हिजो भन्दा आज चिसो, काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झर्‍याे

 पुष १३, २०७९ बुधबार ७:१०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेको छ । हिजो भन्दा आज चिसो धेरै छ । काठमाण्डौको न्यूनतम तापक्रम आज एक डिग्री सेल्सियसले घटेको छ ।

हिजो ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । देशभरकै तापक्रम क्रमिक रुपमा घट्दै गइरहेको छ ।

वीरेन्द्रनगरको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस छ । यस्तै, ताप्लेजुङको ३ दशमलव ५, लुम्लेको ४, डडेल्धुराको ४ दशमलव ४ डिग्री सेल्सियस छ । जिरीको न्यूनतम तापक्रम माइनस १ दशमलव ८, जोमसोमको माइनस ५ र जुम्लाको माइनस ६ दशमलव ५ डिग्री सेल्सियस छ ।

न्यूनतमसँगै देशभरकै अधिकतम तापक्रम पनि घट्न थालेको छ । हिउँदयामको मध्यतिर आइपुगेकाले पनि जाडो बढेको हो । डिसेम्बर, जनवरी  र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । डिसेम्बर महिना सकिएर जनवरी सुरु हुन लागेको छ ।  आज डिसेम्बर २८ तारिख हो । आउँदो आइतबारदेखि जनवरी सुरु हुन्छ ।

अहिले पहाडीसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । पहाडी क्षेत्रको कुहिरो हटेर घाम लाग्ने सम्भावना छ तर तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज प्रदेश १ को पहाडी क्षेत्रको मौमस आंशिकदेखि सामान्य बद्ली हुने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया