आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

 पुष १६, २०७९ शनिबार ७:२४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पुस १६ गते, राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै छ । नेपाली कांग्रेस र उसका भ्रातृ सङ्गठनहरुले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् ।

२०३३ सालको पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह लगायत शीर्ष नेता आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई कांग्रेसले मेलमिलाप दिवसको रुपमा मनाउने गरेको छ ।

नेपालमा प्रजातान्त्रिक गतिविधि गरेको आरोपमा भारतमा निर्वासित हुनुपरेका बेला तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी लगायत नेताहरुले गरेको व्यवहारप्रति असन्तुष्ट बन्दै कांग्रेस नेताहरु नेपालमै बसेर प्रजातन्त्रका लागि लड्ने घोषणासहित नेपाल फर्किएका थिए । तर कांग्रेस नेताहरुलाई पक्राउ गरी जेल चलान गरिएको थियो ।

यही दिनको सम्झनामा कांग्रेसले हरेक पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको हो । 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया