प्रहरी हवल्दार मृत अवस्थामा फेला

 जेठ २४, २०७५ बिहिबार १३:४७:४६ | पुरुषोत्तम गिरी

सल्यान – सल्यानमा एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् ।

सल्यानको शारदा नगरपालिका –५, श्रीचौर भन्ने स्थानमा अन्दाजी ३४ वर्षका प्रहरी हवल्दार रमेश थापा बुधबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

नारायण नगरपालिका –८, दैलेख घर भई अहिले इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी हवल्दार थापा सल्यानमा ससुराली आएको बेला मृत अवस्थामा भेटिएको प्रहरीले जनायो ।

मृतक थापाको बिहीबार जिल्ला अस्पतालमा पोष्टमार्टम भएको प्रहरी प्रमुख डीएसपी भरतबहादुर विकले जनाएका छन् । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया