सोलुखुम्बुमा आगलागीबाट घर जल्दा ३ लाख रुपैयाँ बराबरकाे क्षति

 पुस १७, २०७९ आइतबार ८:२६:२९ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-६ मैदेलमा एक घरमा आगलागी हुँदा ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति फुरी तामाङको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हाे ।

सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञानबहादुर माझीका अनुसार चुलोबाट सल्किएको आगोले तामाङको घरसहितभित्र रहेका सम्पूर्ण अन्नपात, भाडापर्तन, लत्ताकपडा जलेर नष्ट भएको छ । घटनामा कुनै चौपाया तथा मानवीय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ । 

मुक्ली प्रहरी चौकीबाट खटिएकाे प्रहरी र स्थानीयको सहयोगमा आज बिहान सवा तीन बजेतिर आगाे निभाइएकाे प्रहरी निरीक्षक माझीले बताउनु भयाे । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया