दैलेखमा श्रीमती हत्याका कसुरदारलाई जन्मकैद फैसला

 पुस १७, २०७९ आइतबार १९:४४:१४ | अमर सुनार
unn.prixa.net

दैलेख – श्रीमती हत्याका कसुरदारलाई दैलेख जिल्ला अदालतले आज आइतवार श्रीमानलाई जन्मकैद फैसला गरेको छ । गुराँस गाउँपालिका–१ खड्कवाडाका २४ वर्षीय प्रेमबहादुर विकलाई जन्मकैद फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।  

घरायसी सम्बन्ध बिग्रिएपछि डुंगेश्वर गाउँपालिका–६ लटालीमा माइतीमा बस्दै आएकी २१ वर्षीया सुनिता विक गोठाला गएको बेला २०७७ कात्तिक १७ गते दिउँसो बाँधे भन्ने जङ्गलमा श्रीमान् प्रेमबहादुरले हत्या गरेको आराेपमा मुद्दा चलेको थियो । भैँसी लिएर गाेठाले गएकी सुनितासँगकाे याैन सहवासपछि प्रेमबहादुरले हत्या गरेकाे प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट जन्मकैद २५ वर्षको फैसलाका साथै बलात्कारसमेत पुष्टि भएको जनाउँदै थप तीन वर्ष कैदको फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया