बढेको दूधको मूल्य फिर्ता

 पुष १८, २०७९ सोमबार ६:४१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - केही निजी डेरी उद्योगीहरुले आफूखुशी बढाएको दूधको मूल्य फिर्ता भएको छ ।

डेरी उद्योग सङ्घ र सङ्घमा आबद्ध डेरी उद्योगीले अस्ति शनिवारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको भाउ फिर्ता भएको हो । सरोकारवाला निकायसँग छलफल गरी बढेको मूल्य तत्काललाई स्थगित गरिएको राष्ट्रिय दुुग्ध विकास बोर्डले जनाएको छ ।

राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले  हरेक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ ।  यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिसमा मन्त्रिपरिषद्ले दूधको मूल्य तोकेको थियो । केही निजी डेरी उद्योगीले आफूखुशी मूल्य बढाएपछि चौतर्फी विरोध हुँदै आएको थियो । 
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया