तिब्बतको पोताला दरबार चार महिनापछि नागरिकका लागि खुल्ला

 पुस १९, २०७९ मंगलबार ६:५८:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनको दक्षिणपश्चिमी क्षेत्र तिब्बतमा रहेको ऐतिहासिक पोताला दरबार आजदेखि नागरिकका लागि खुला भएको छ । कोभिड–१९ महामारीका कारण पोताला दरबार चार महिनाभन्दा लामो समयदेखि बन्द रहेको थियो ।

तिब्बतको राजधानी ल्हासामा रहेको पोताला दरबार नागरिकका लागि खुला भएसँगै आगन्तुकले आउँदो मार्च १५ तारिखसम्म निःशुल्क प्रवेश गर्न सक्ने स्थानीय प्रशासनले जनाएको छ । तर भ्रमणका लागि एक दिन अगाडि नै अनलाइन रिजर्भेसन आवश्यक पर्ने पोताला दरबार प्रशासनलाई उद्धृत गरी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो दरबार हरेक दिन बिहान साढे नौ बजेदेखि दिउँसो बजेसम्म खुला हुनेछ । तिब्बतको पोताला दरबार क्षेत्र एक लाखभन्दा धेरै सांस्कृतिक अवशेषहरूको सङ्ग्रहस्थल मानिन्छ । पोताला दरबार सातौँ शताब्दीमा तिब्बती राजा सोंगत्सा गाम्बोले निर्माण गरेको तथा १७औँ शताब्दीमा पाँचौँ दलाई लामाले विस्तार गरेको मानिन्छ । यो दरबार सन् १९९४ मा युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएको थियो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया