सन् २०२२ मा रूसी ग्यास निर्यातमा ४५ दशमलव ५ प्रतिशतले कमी

 पुस १९, २०७९ मंगलबार ८:१०:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सन् २०२२ मा रूसी ग्यास निर्यातमा ४५ दशमलव ५ प्रतिशतले घटेको ग्यास कम्पनी गजप्रोमको तथ्याङ्कले देखाएको छ । पूर्व सोभियत गणतन्त्रको समूहबाहिरका देशहरूमा रुसी ग्यास निर्यात सन् २०२१ मा १८५ दशमलव १ अर्ब क्युबिक मिटर थियो ।

पहिले गजप्रोमको मुख्य निर्यात बजार युरोप थियो तर सन् २०२२ मा युक्रेनमा रूसको आक्रमणपछि प्रतिबन्धका कारण आपूर्तिमा झण्डै आधाले कमी आएको छ । गजप्रोमका प्रमुख कार्यकारी अधिकृत एलेक्सी मिलरले कम्पनीले यस वर्ष चीनलाई निरन्तर आपूर्ति बढाइरहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले गएको महिना पूर्वी साइबेरियामा कोभिक्टा प्राकृतिक ग्यास क्षेत्रको उद्घाटन गर्नुभएको थियो । यसले रूसी इन्धनलाई चीनतर्फ निर्यात बढाउन सहज हुनेछ । रूससँग आफ्नो पश्चिमी साइबेरियाली र आर्कटिक ग्यास क्षेत्रहरूबाट चीनमा ग्यास ढुवानी गर्न पाइपलाइन छैन । तर रूसले झण्डै एक दशकअघिदेखि नयाँ क्षेत्रको विकास तथा पावर अफ साइबेरिया नामक पाइपलाइन निर्माण गर्न सुरू गरेको छ ।

गजप्रोमले विश्वव्यापी प्राकृतिक ग्यास उत्पादनको ११ प्रतिशत हिस्सा ओगटेको छ र विश्वमा यसको सबैभन्दा ठूलो ग्यास भण्डार छ।    

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया