तराईका विभिन्न जिल्लामा शीतलहर : लगातारको बाक्लो हुस्सुले जनजीवन प्रभावित

 पुष २१, २०७९ बिहीबार ७:३८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चिसोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईका जिल्लामा अधिकतम तापक्रम लगातार घटेको छ भने लगातारजसो बाक्लो हुस्सु कुहिरो लाग्ने गरेको छ । मौसमविद्ले मध्य तराईका जिल्लामा शीतलहर नै सुरु भएको औपचारिक घोषणा गरेका छन् ।

नेपालगञ्जदेखि पूर्व जनकपुरसम्मको क्षेत्रमा शीतलहर चलेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य क्षेत्रमा भने शीतलहरको औपचारिक घोषणा गरिएको छैन । दिनमा पाँच पटकसम्म मापन गरेको मौसमका आधारमा शीतलहरको चले नचलेको घोषणा गर्ने गरिएको छ।

दुई घण्टाभन्दा बढी घाम  नलागे, बिहान बेलुका आकाशबाट शीत चुहिए, अधिकतम तापक्रम औसतभन्दा ५ डिग्री सेल्सियसले घटे र न्यूनतम तथा अधिकतम तापक्रमबीचको अन्तर धेरैले घटेपछि शीतलहरको घोषणा गर्ने गरिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

मध्य तराईमा न्यूनतम र अधिकतम तापक्रमबीचको अन्तर एक दशमलव ९ डिग्री सेल्सियससम्ममा झरेको छ । अहिले तराईका जिल्लासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका ठाउँमा अहिले लागेको हुस्सु केही घण्टापछि हट्दै जाने र घाम लाग्ने मौसमविद् श्रेष्ठले बताउनुभयो । तर, तराईका जिल्लामा भने दिउँसोसम्म नै हस्सु कुहिरो लाग्ने अनुमान छ।

काठमाण्डौको न्यूनतम तापक्रम आज ३ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यो हिजोकोभन्दा एक डिग्री सेल्सियसले कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस थियो।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया