डोटीमा सेती नदीमा बगेर एक जनाको ज्यान गयो

 पुस २३, २०७९ शनिबार २०:५६:५० | विमल बिष्ट
unn.prixa.net

डोटी -  डोटीको दिपायलमा सेती नदीमा बगेर एकजनाको ज्यान गएको छ । नदीमा बगेर दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका वर्ष ३३ का तेज कामीकाे ज्यान गएकाे इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रनानी रुपसिंह थापाले जानकारी दिनुभयाे । 

आज दिउँसो नुहाउने क्रममा कामी नदीमा बग्नुभएकाे हाे। बगेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दिपायलको टोली घटनास्थलमा पुगी उद्धार गरे पनि  पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारका क्रममा उहाँको ज्यान गएको हाे ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया