प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा मिल्यो : तीन वटा प्रदेशमा आलोपालो हुने

 पुष २५, २०७९ सोमबार ६:५२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्ता साझेदार दलहरुले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा मिलाएका छन् । सहमतिअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा पूरै कार्यकाल एकल नेतृत्वको सरकार बन्ने छ भने मधेस, बाग्मती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आलोपालो हुनेछ । 

प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्की हिजो मुख्यमन्त्रीमा नियुक्त भइसक्नुभएको छ । प्रदेश १ मा माओवादी केन्द्रले सभामुख र एमालेले उपसभामुख लिने सहमति छ । 

मधेस प्रदेशमा जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । मुख्यमन्त्रीसँगै उपसभामुख पनि हेरफेर हुनेछ भने सभामुख भने ५ वर्ष नै एमालेले पाउने भएको छ । सुरुमा जसपाले सरकारको नेतृत्व गर्नेछ, तर जसपामा संसदीय दलको नेता चयन हुन बाँकी छ ।

यस्तै बाग्मती प्रदेशमा मुख्यमन्त्री र उपसभामुखमा एमाले र माओवादी माओवादी केन्द्रबीच आलोपालो हुने सहमति भएको छ । पहिलो चरणमा माओवादीले मुख्यमन्त्री र एमालेले उपसभामुख लिनेछ । राप्रपाले पूरै कार्यकाल सभामुख पाउने भएको छ । बाग्मतीमा माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल आज मुख्यमन्त्री बन्दै हुनुहुन्छ । अढाई वर्षपछि एमालेका जगन्नाथ थपलियाको पालो आउनेछ ।

गण्डकी प्रदेशमा एमालेले ५ वर्ष मुख्यमन्त्री पाउने भएको छ । यसअनुसार एमाले संसदीय दलका नेता खगराज अधिकारी आज मुख्यमन्त्रीमा नियुक्त हुँदै हुनुहुन्छ । यहाँ सभामुख माओवादी र उपसभामुख एमालेले लिने सहमति भएको छ । 

लुम्बिनीमा एमाले संसदीय दलका नेता लीला गिरी पाँचैँ वर्ष मुख्यमन्त्री बन्नुहुनेछ । यहाँ माओवादीले सभामुख र राप्रपाले उपसभामुख पाउने सहमति छ ।

कर्णाली प्रदेशमा माओवादीले ५ वर्ष मुख्यमन्त्री चलाउने सहमति भएको छ । यसअनुसार माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री हुनुहुनेछ । एमालेले सभामुख र माओवादी केन्द्रले उपसभामुख पाउने भएको छ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री र सभामुखमा एमाले र माओवादी केन्द्रबीच आलाेपालो हुने सहमति भएको छ । पहिलो चरणमा एमालेका राजेन्द्रबहादुर रावल मुख्यमन्त्री बन्नुहुनेछ भने अढाई वर्षपछि माओवादीका खगराज भट्ट मुख्यमन्त्री बन्नुहुनेछ । यहाँ नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख दिने सहमति भएको छ । 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया