ब्राजिलका सरकारी भवनहरूमा भएको आक्रमणको संयुक्त राष्ट्र सङ्घका महासचिवद्वारा निन्दा

 पुष २६, २०७९ मंगलबार ६:५९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले ब्राजिलका सरकारी भवनहरुमा भएको आक्रमणको निन्दा गर्नुभएको छ ।

अस्ति ब्राजिलको संसद् भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण भएको थियो । गएको अक्टोबरमा भएको राष्ट्रपति चुनावमा हारेका कट्टर दक्षिणपन्थी नेता जायर बोल्सोनारोका समर्थकहरू संसद् र सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए भने राष्ट्रपति भवनलाई घेरेर आक्रमण गरेका थिए ।

राष्ट्र सङ्घका महासचिव गुटेरेसले यो कदमलाई लोकतन्त्रमाथिको उपहास भन्दै निन्दा गर्नुभएको छ । महासचिव गुटेरेसले नागरिक र प्रजातान्त्रिक संस्थाको इच्छालाई सम्मान गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

यसअघि ट्विट गरी अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि ब्राजिलका प्रजातान्त्रिक संस्थाहरूप्रति आफ्नो देशको पूर्ण समर्थन रहेको पनि उल्लेख गर्नुभएको छ । त्यसैगरी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि आक्रमणको निन्दा गर्नुभएको थियो ।

लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि बोल्सोनारोका समर्थकहरूले विरोध गरेका कारण सदन चल्न सकेको छैन । आक्रमणमा संलग्न रहेको आरोपमा झण्डै तीन सय जना पक्राउ परेका छन् ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया