‘छक्का पञ्जा ३’ लार्इ युनिभर्सल सर्टिफिकेट, सबै उमेर समूहले हेर्न मिल्ने

 असोज २३, २०७५ मंगलबार १४:१६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्वाधिक प्रतिक्षित मानिएको सिनेमा छक्का पञ्जा ३ सेन्सर पास भएको छ । 

केन्द्रीय चलचित्र जाँच समितिले सिनेमाका सबै दृश्यहरु र त्यसमा प्रयोग भएका शब्दहरुको आधारमा सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।

यसको मतलब यो सिनेमालाई सबै उमेर समूहले हेर्न पाउने छन् । यो सिनेमा असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । 

यस पटक सिनेमाले मल्टिप्लेक्समा सर्वाधिक शो पाएको छ । मल्टिप्लेक्समा ८५ शो पाएको छक्का पञ्जा ३ ले  गत वर्षको छका पञ्जा २ भन्दा ६ शो बढी पाएको हो । 

सर्वाधिक शो पाएकोले चलचित्र युनिटले दर्शकलाई सहज होस् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिंग समेत खुल्ला गरिसकेको छ । 

सोमबारदेखि सुरु भएको टिकट बुकिंग तीव्र गतिमा भइरहेको निर्माण पक्षले जनाएको छ ।

दीपाश्री निरौलाको निर्देशन रहेको यस सिनेमामा दीपक राज गिरी, दीपिका प्रसाईँ,    जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, प्रियंका कार्की, संजोग कोईराला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया