पाकिस्तानसँगको दोस्रो एक दिवसीयमा न्युजिल्यान्ड ७९ रनले विजयी

 पुस २८, २०७९ बिहिबार ६:३७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टोली पाकिस्तानसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड ७९ रनले विजयी भएको छ ।

न्युजिल्यान्डले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३ ओभरमा अलआउट हुँदै १ सय ८२ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका कप्तान बाबर आजामले ७९ तथा मोहम्मद रिजवानले २८ रन बनाए । न्युजिल्यान्डका टिम साउथी र ईश सोधीले २/२ विकेट लिए । कराचीमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ६१ रन बनाएको थियो ।

न्युजिल्यान्डका लागि देवन कनवेले १ सय १ र कप्तान केन विलियम्सनले ८५ रन बनाए । पाकिस्तानका मोहम्मद नवाजले ४ र नसीम शाहले ३ विकेट लिए । जितसँगै तीन खेलको शृङ्खला एक/एकको बराबरी भएको छ । पहिलो खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेल भोलि हुनेछ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया