सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धराैटीमा छाड्न उच्च अदालतकाे आदेश

 पुस २८, २०७९ बिहिबार १९:९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डाैकाे आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिवक्ता रोजकृष्ण घिमिरेले अदालतले धरौटीमा छोड्न आदेश दिएको र शुक्रवार धरौटी राखेर सन्दीप निस्किने बताउनुभयो ।

यसअघि गएको कात्तिक १८ गते काठमाण्डौ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । आदेशविरुद्ध सन्दीपका वकिलले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

सन्दीपविरुद्ध १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते जाहेरी दिएकी थिइन् भने प्रहरीले लामिछानेलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया