पाकिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डलाई

 पुष ३०, २०७९ शनिबार ६:३७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तानसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला पाहुना टोली न्युजिल्यान्डले जितेको छ । न्युजिल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीयमा २ विकेटको जितसहित शृङ्खला २–१ ले जितेको हो ।

कराँचीमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो । उसका ओपनर फकर जमानले शतकीय पारी खेले । त्यस्तै मोहम्मद रिजवानले ७७ रन बनाए । पाहुना टोलीका टिम साउदीले तीन तथा लकी फर्गुसनले दुई विकेट लिए ।

२ सय ८१ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८ ओभर १ बलमा ८ विकेट गुमाएर भेट्टायो । उसका ग्लेन फिलिप्स, केन विलिम्सन र डेभन कन्भेले अर्धशतक बनाए । फिलिप्सले नटआउट सर्वाधिक ६३ रन बनाए । त्यस्तै केनले ५३ र कन्भेले ५२ रन जोडे । पहिलो एकदिवसीयमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो भने दोस्रो एकदिवसीयमा ७९ रनले पराजित भएको थियो ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया