नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयन अन्योलमा

 माघ १, २०७९ आइतबार ७:०:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सभामा हिजो शनिवार पनि सभामुख चयन हुन सकेन । सभामुख चयनका लागि बिहीवार भएको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक मत ल्याउन नसकेपछि हिजो फेरि मतदान भएको हो ।

हिजोको मतदानमा सत्ता गठबन्धनका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २२ मतमात्र परेपछि सभामुख चयनसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्तिका ७ जना सांसदहरु तटस्थ बसेपछि भण्डारीको पक्षमा बहुमत जुट्न नसकेको हो । ५३ सदस्यीय सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।

सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । सभामुखको लागि विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसका मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ । उहाँले पहिलो दिन बिहीवार भएको मतदानमा २३ मत पाउनुभएको थियो भने हिजो भएको भएको मतदानमा २२ मत पाउनुभयो ।

सत्ता गठबन्धनबीच सुदूरपश्चिममा एमालेलाई मुख्यमन्त्री, माओवादी केन्द्रलाई सभामुख, नागरिक उन्मुक्तिलाई उपसभामुख दिने सहमति भएको छ । तर मुख्यमन्त्री नियुक्त गर्न सघाएको नागरिक उन्मुक्ति पार्टी सभामुख चयनमा भने तटस्थ बसेको छ । प्रदेश सभाको अर्को बैठक भोलि बोलाइएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया