६८ जना यात्रुसहित काठमाण्डाैबाट उडेकाे यति एअरलाइन्सको विमान पोखरामा दुर्घटना

 माघ १, २०७९ आइतबार ११:२७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ । जहाजमा ६८ जना यात्रुसहित चार जना चालक दलका सदस्य गरी ७२ जना रहेका छन्।

विमान बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको थियो । जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो ।

विमानमा आगो लागेकाले ठूलो मानवीय क्षतिको शङ्का गरिएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले उज्यालोलाई जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया