पाेखरा विमान दुर्घटना : बस्ती नजिकैको खोँच, अनावश्यक भिडका कारण उद्धारमा कठिनाइ

 माघ १, २०७९ आइतबार १२:५८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यति एयरलाइन्सको एटीआर जहाज पोखराको घना बस्ती नजिकै पुरानो र नयाँ अन्तर्राष्ट्रिय विमानस्थलकाे खोँचमा खसेर दुर्घटना भएको छ । बस्तीमा जहाज खस्दा थप मानवीय क्षति हुने आशङ्काले पाइलटले खोँचतिर लगेको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । 

काठमाण्डौबाट पोखराका लागि उडेको एनएनसी एटीआर ७२ जहाज नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा मोडिने क्रममा पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टि रहेको नेपाली सेनाको ब्यारेक पछाडि जहाज खसेको यति एयरलाइन्सले जनाएको छ ।

यसैबीच दुर्घटनास्थलमा अनावश्यक भिडका कारण उद्धारमा कठिनाइ भएको छ । भिडियो र तस्बिर खिच्ने तथा हेर्न जानेहरूको भिड बढेकाले उद्धारमा कठिनाइ भएको हो । कतिपयले फोटो र भिडियो सामाजिक सञ्जालमा अपलोड गर्न थालेपछि इन्टरनेट सेवा पनि प्रभावित भएको छ ।

तस्बिर : रासस

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bipeen kiran Pandey

    Jan. 15, 2023, 1:07 p.m.

    नेपाली लाई कुखुरा ले किरा खाएको त देख्न हुदैन खिचेर सामाजिक संजालमा हाल्छल ,,यहाँ त जहाज दुर्घटना भएको छ ,,भिड नलाग्ने त कुरै भएन ! अहिले चलन नै यस्तो आयो दुख बिनासमा पनि खुशी मनाउन थाले मान्छेहरु ! मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली ❤️

  •  0 Reply

तपाईको प्रतिक्रिया