आज शोक बिदा, यति एअरलाइन्सका उडान नहुने

 माघ २, २०७९ सोमबार ६:३५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पोखरामा हिजो भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शोक प्रकट गर्न सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो मानवीय क्षति भएकाले मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

सरकारले बिदा दिने निर्णयको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । बिदाभन्दा पनि पीडितको परिवारलाई छिटो राहत वितरण तथा आउँदा दिनमा दुर्घटना हुन नदिनको लागि आवश्यक पहल गर्नुपर्नेमा धेरैको सुझाव छ ।

यसैबीच यति एयरलाइन्सले विमान दुर्घटनाको शोकमा आजको लागि निर्धारित सबै उडान रद्द गरेको छ । आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरिएको कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sudeep Rai

    Jan. 16, 2023, 7:23 a.m.

    Shok Bida Ko Aabasyek chhaina puraano Plane ra buss sabai Hataunu parchha

  •  0 Reply

तपाईको प्रतिक्रिया