भारतको राजधानी दिल्लीमा कोभिड–१९ को सङ्क्रमण शून्यमा झर्‍यो

 माघ ४, २०७९ बुधबार ६:३४:७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

भारतको राजधानी दिल्लीमा कोभिड–१९ को सङ्क्रमण शून्यमा झरेको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार कुनै पनि नयाँ सङ्क्रमितको अभिलेख भएको छैन ।

सन् २०२० को मार्चमा महामारी शुरु भएदेखि दिल्लीमा सङ्क्रमण शून्यमा झरेको यो पहिलो पटक हो । दिल्लीमा रहेको स्वास्थ्य विभागले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार कोभिड–१९ पाजेटिभ दर शून्य प्रतिशत रहेको छ । नयाँ सङ्क्रमित नभेटिए पनि त्यहाँ सक्रिय सङ्क्रमितको संख्या १० जना रहेको समाचार संस्था एएनआईले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ जना कोभिडका बिरामी उपचारपछि घर फर्केका छन् । नयाँदिल्लीमा फैलिएको कोभिडका तीन लहरमध्ये सन् २०२१ को अप्रिल–मे को दोस्रो लहर सबैभन्दा सङ्क्रामक रहेको थियो ।     

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया