एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
कास्की – कास्कीको पोखरा महानगरपालिका–१५ नयाँगाउँको सेती नदी खोँचमा भएको विमान दुर्घटनामा हराइरहेका एक जना अझै फेला पर्न सकेका छैनन् । बेपत्ता एक जनाको खोजी कार्य निरन्तर रहेको नेपाली सेनाले जनाएको छ ।
माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हिजो बेलुकासम्म ७१ जनाको शव फेला परेको छ । हिजो थप एक जनाको शव भेटिएको थियो । एक महिलाको शव भेटिएको हो । शव पोस्टमार्टमका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार सात जना र मङ्गलबार एक जनाको गरी ७१ जनाको शव फेला परेको थियो । अब एक जनाको मात्र अवस्था थाहा हुन सकेको छैन ।
४८ जनाको शव हिजो काठमाण्डौ ल्याइएको छ । ६८ जना यात्रु र ४ जना चालकदलका सदस्यसहित ७२ जना सवार यती एअरलाइन्सको नाइन एन–एएनसी–एटिआर विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । काठमाण्डौ ल्याइएका शवको परीक्षण आज बिहानदेखि सुरु गरिदैछ ।
शवलाई शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएको छ । हिजो मृतकका परिवार र आफन्तजनलाई काउन्सिलिङ गर्ने काम भएको थियो । ज्यान गुमाएकामध्ये केहीको शव पहिचानमा कठिनाइ भएकाले डिएनएका आधारमा पहिचान गरेर परीक्षणपछि एकैपटक मृतकका परिवार तथा आफन्तलाई शव हस्तान्तरण गर्ने तयारी छ ।
२२ जनाको शव भने पोखरामा पोस्टमार्टम गरेर आफन्तलाई बुझाएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।