भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड १२ रनले पराजित, शुभमन गिलको दोहोरो शतक

 माघ ५, २०७९ बिहिबार ६:३०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड पराजित भएको छ ।

माइकल ब्रेसवेलको शतकका बाबजुद न्युजिल्यान्ड घरेलु टोली भारतसँग १२ रनले पराजित भएको हो । योसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ ।

जितका लागि ३ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४९ ओभर २ बलमा ३ सय ३७ रनमा अलआउट भयो । न्युजिल्यान्डका ब्रेसवेलले सर्वाधिक १ सय ४० रन बनाए ।

भारतका मोहम्मद शिराजले ४ तथा कुलदीप यादव र शार्दुल ठाकुरले समान २ विकेट लिए ।

त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनाएको थियो ।

भारतका शुभमन गिलले दोहोरो शतकीय पारी खेले । गिल एकदिवसीय क्रिकेटमा दोहोरो शतक हान्ने विश्वका आठौं ब्याट्सम्यान तथा भारतका पाँचौं खेलाडी बनेका छन् ।

न्युजिल्यान्डका हेनरी शिफ्ले र डर्याल मिचेलले दुई/दुई विकेट लिए । दोस्रो खेल शनिवार र तेस्रो खेल मङ्गलवार हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया