अफगानिस्तानमा शीतलहरका कारण दुई हप्तामा एक सय जनाभन्दा धेरैको ज्यान गयो

 माघ १०, २०७९ मंगलबार ६:३६:४८ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानमा शीतलहरका कारण दुई हप्तामा एक सय जनाभन्दा धेरै नागरिकको ज्यान गएको छ । चिसो र कार्बन मोनोअक्साइड विषाक्तताका कारण उनीहरुको ज्यान गएको तालिबान नेतृत्वको सरकारका प्रवक्ता शफे रहिमीले बताउनुभएको छ । विभिन्न प्रान्तमा गरी कम्तीमा १ सय ४ जनाको ज्यान गएको विवरणमा उल्लेख छ ।

कमजोर आर्थिक अवस्था भएका परिवार अत्यधिक चिसोबाट निक्कै प्रभावित भएका छन् । टोलो न्युजका अनुसार अफगानिस्तानको हेरात प्रान्तमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तीमा १ सय ४० जनालाई अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना हुनेमा बालबालिका र महिला धेरै छन् ।

हेरातका बासिन्दाले जाडोमा घर न्यानो पार्न प्रयोग हुने ग्यास र दाउराको मूल्य बढेको गुनासो समेत गरेका छन् ।

 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया