न्युजिल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतको 'क्लिन स्वीप'

 माघ ११, २०७९ बुधबार ६:३०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - न्युजिल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतले 'क्लिन स्वीप' गरेको छ । तेस्रो तथा अन्तिम एकदिवसीयमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९० रनले हरायो । शृङ्खला ३–० ले जितेको भारत आईसीसी एक दिवसीय वरीयतामा शीर्षस्थानमा उक्लिएको छ।

जितका लागि ३ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१ ओभर २ बलमा २ सय ९५ रनमा अल आउट भयो । न्युजिल्यान्डका डेभन कन्वेले १ सय ३८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । भारतका शार्दुल ठाकुर र कुलदीप यादवले तीन/तीन विकेट लिए । त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८५ रन बनाएको थियो ।

भारतका शुभमन गिलले १ सय १२ रन जोडे । कप्तान रोहित शर्मा १ सय १ रनमा आउट भए । न्युजिल्यान्डका ज्याकुफ डफी र ब्लेयर टिकनरले तीन/तीन विकेट लिए । भारत पहिलो खेलमा १२ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र न्युजिल्यान्डबीच अब तीन खेलको टी–२० शृङ्खला हुनेछ ।

पहिलो खेल शुक्रवार, दोस्रो खेल आइतवार र तेस्रो तथा अन्तिम टी–२० खेल बुधवार हुनेछ ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया