आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसहित गण्डकीमा वर्षा र हिमपात

काठमाण्डौमा तत्काल पानी नपर्ने

 माघ ११, २०७९ बुधबार ७:११:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज पनि वर्षा र हिमपात भइरहेको  छ । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण अस्ति रातिदेखि यी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको हो । यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आज गण्डकी प्रदेशमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

वर्षा भइरहेका ठाउँमध्ये बाजुरामा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १६ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । मौसमविद् श्रेष्ठका अनुसार अन्य प्रदेशमा भने पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छैन । यो प्रणाली आज बेलुकादेखि नै कमजोर बन्ने सम्भावना छ । यसले गर्दा पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भए पनि बाग्मती, मधेस प्रदेश र प्रदेश १ मा वर्षाको  सम्भावना तत्काललाई छैन ।

पर्सि बेलुकादेखि फेरि अर्को निम्न चापीय प्रणाली भित्रने सम्भावना रहेको र यो पनि पश्चिमी क्षेत्रमा नै बढी सक्रिय हुने देखिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । काठमाण्डौसहित बाग्मती प्रदेश, मधेस प्रदेश र  प्रदेश १ मा पर्सिसम्म वर्षाको कुनै सम्भावना छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमी अवस्थाबारे पूर्वानुमान गर्दै आएको छ ।

यस्तै, पानी नपरे  पनि काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा आज बादल लाग्ने अनुमान छ । पश्चिमी निम्न चापीय प्रणालीकै प्रभावका कारण उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान रहेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया