पाकिस्तानका बाबर आजमले जिते आईसीसी सर्वोत्कृष्ट क्रिकेटरको अवार्ड

 माघ १३, २०७९ शुक्रबार ६:३८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तानका कप्तान बाबर आजमले सर गारफिल्ड सोबर्स ट्रफी फर द आईसीसी क्रिकेटर अफ द इयरको अवार्ड जितेका छन् । जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले वर्षमा प्रदान गर्ने सर्वाधिक ठूलो अवार्ड हो । यो अवार्डका लागि बाबर आजमसँगै इङ्ल्यान्डका बेन स्टोक्स, जिम्बाब्वेका सिकन्दर राजा र न्युजिल्यान्डका टिम साउथी सम्भावित थिए ।

गएको वर्ष पनि पाकिस्तानकै तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले यो अवार्ड जितेका थिए । बाबरले सन् २०२२ को अन्तर्राष्ट्रिय क्रिकेटमा ४४ खेलमा २ हजार ५ सय ९८ रन बनाएका थिए । ८ शतक र १५ अर्धशतक थियो । टी–२०, एकदिवसीय र टेस्ट क्रिकेटमा गरी २ हजारमाथि रन बनाउने बाबर यसवर्ष प्रमुख खेलाडी हुन् ।

बाबरको कप्तानीमा पाकिस्तान सन् २०२२ को टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको थियो । उपाधि इङ्ल्यान्डले जितेको थियो । त्यस्तै बाबर आजमले सन् २०२२ को एकदिवसीय क्रिकेटर अफ दी इयरको अवार्ड पनि जितेका छन् ।

इङ्ल्यान्डका बेन स्टोक्सले टेस्ट क्रिकेटर अफ दी इयर अवार्ड जितेका छन् । भारतीय क्रिकेटर सूर्यकुमार यादवले पुरुष टी–२० क्रिकेटर अफ दी अवार्ड तथा नामिबियाका कप्तान जेरार्ड इरास्मसले एसोसिएट क्रिकेटरको अवार्ड जितेका छन् ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया