महोत्तरीमा पाँच हजारभन्दा बढी कुमारी कन्याहरुको कलश यात्रा

 असोज २४, २०७५ बुधबार १८:१८:० | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको गौशालाको दुई अलग–अलग स्थानमा ५ हजारभन्दा बढीको संख्यामा कुमारी कन्याहरुले कलश शोभा यात्रा निकालेका छन् ।

बुधबार दसैँको पहिलो दिन घटनास्थापनाको अवसर पारेर गौशाला नगरपालिका २ निगौल चोक र गौशाला बजारमा रहेको दुर्गाको मन्दिरमा हजारौ कुमारी कन्याले कलश शोभा यात्रा निकालेका हुन् ।

गौशालामा बजारमा रहेको नवनिर्मित दुर्गा मन्दिरमा ४ हजार १ सय र निगौल चोक दुर्गा मन्दिरमा १ हजार २ कुमारी कन्याहरुले स्थानीय माण्डवी गंगा मरहा नदीमा जल बोकेर मन्दिरको प्राङ्गणमा राखेका हुन् । यहाँ रहेको दुई दुर्गा मन्दिरमा बर्सेनि आकर्षक माता दुर्गाको मूर्ति स्थापना गरी भव्य मेलाको अयोजना हुने गरेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया