अार्इसीसी टि-ट्वाण्टी विश्वकप छनाैटमा सन्दीपकाे शानदार प्रदर्शन: दिल्ली डेयरडेभिल्सले गर्‍याे प्रशंसा

 असोज २४, २०७५ बुधबार २०:३९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

अार्इसीसी टि-ट्वाण्टी विश्वकपकाे एसिया छनाैटमा नेपाली स्पिनर सन्दीप लामिछानेकाे प्रदर्शनलार्इ लिएर अार्इपीएलमा उनी अावद्ध टाेली दिल्ली डेयरडेभिल्सले ट्विटरमार्फत प्रशंसा गरेकाे छ ।

ट्विटरमा लेखिएकाे छ, ‘हातमा बल लिएका जादूगर, कप्तानका विश्वासपात्र, दिल्ली डेयरडेभिल्सका सुपरस्टारकाे प्रगति अद्वितीय रहँदै अाएकाे छ ।’

सँगै पाेष्ट गरिएकाे सन्दीपकाे तस्बिरमा नेपालका कप्तान पारस खड्काले सन्दीपका बारेमा बाेलेका प्रशंसाका शब्दहरु राखिएका छन्, जसमा भनिएकाे छ,

‘उ अद्वितीय छ, मानिसहरु उसले विकेट लेअाेस् भन्ने चाहन्छन् । समर्थकहरुकाे अाशा अनुरुप प्रदर्शन गर्न सक्नु अाफैंमा सजिलाे काम हाेइन ।’

 

सन्दीपले अार्इसीसी टि-ट्वाण्टी विश्वकपकाे एसिया छनाैटमा खेलेकाे ५ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जम्मा १७ अाेभर बलिङ गर्दै ४ मेडन राखेर ४१ रनमात्र खर्चेर २० विकेट लिइसकेका छन् ।

दिल्ली डेयरडेभिल्सले केही घण्टाअघि भएकाे नेपाल र चीनबीचकाे खेलमा सन्दीपले गरेकाे प्रदर्शनका बारेमा पनि ट्वीट  गरेकाे थियाे । ट्वीटमा भनिएकाे छ , ‘अार्इसीसी टि-ट्वाण्टी विश्वकपकाे एसिया छनाैटमा हाम्रा जादूमयी खेलाडीका तर्फबाट भएकाे अर्काे ‘प्लेयर अफ द म्याच’ प्रदर्शन !’

फाेटाेमा सन्दीपकाे बलिङ एक्सन देखाइएकाे छ भने उनले ४ अाेभरमा १ मेडन राख्दै जम्मा ४ रन खर्चँदै ३ विकेट लिएकाे अाँकडा देखाइएकाे छ ।

 

त्यसैगरी, ३ दिनअघि अर्थात् अक्टाेबर ७ तारिखमा नेपाल र थाइल्याण्डबीच भएकाे खेलकाे अाँकडालार्इ पनि दिल्ली डेयरडेभिल्सले ट्विट गरेकाे थियाे । यसमा पनि सन्दीपकाे प्रदर्शनकाे खुलेर प्रशसा गरिएकाे थियाे ।

‘अर्काे दिन, अर्काे ५ विकेटकाे शानदार प्रदर्शन, हाम्रा किशाेर खेलाडी सन्दीपले अार्इसीसी टि-ट्वाण्टी विश्वकपमा पक्कै पनि उत्कृष्ट बलरकाे उपाधि पाउनेछन् ।’

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया