विश्वविद्यालयमा राष्ट्रपति कुलपति हुने व्यवस्था गर्न नेविसङ्घको माग
जेठ १५, २०८० सोमबार
कास्की - पोखरामा जलेर दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोलाका दुई जना जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घाइते हुनेहरुमा ४३ वर्षका पुरुष र ३५ वर्षकी महिला रहेका छन् । बिहान जलेर घाइते भएका उनीहरुलाई छिमेकीहरुले उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेको छ । गम्भीर घाइते भएकी महिलाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने पुरुषको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
आगो लागेका पुरुषलाई बचाउन जाँदा पुरुषकी घरबेटी समेत रहेकी महिला घाइते भएकी विवरण प्राप्त भए पनि आत्मदाहको प्रयास भएको वा अरु केही हो भन्नेबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।