रवि लामिछानेकाे नेपाली नागरिकता पुनः कायम

 माघ १५, २०७९ आइतबार १४:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ । उहाँले स्थानीय प्रशासनको सिफारिसअनुसार नागरिकता पुनः पाउँ भनेर दिएको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नागरिकताको प्रमाणपत्र दिएको स्वकीय सचिव दीपक बोहोराले बताउनुभएको छ ।

यसअघि नै नेपालको नागरिकता लिइसक्नुभएका लामिछानेले अमेरिका गएपछि उतैको नागरिकता लिँदै नेपाली नागरिकता त्याग्नुभएको थियो । तर अमेरिकी नागरिकता परित्याग गरेपछि पुनः नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिनुभएको थियो ।

सांसद हुँदै उप्रधान एवम् गृहमन्त्री बन्नुभएका लामिछानेको नागरिकता नै अवैध रहेको सर्वोच्चको फैसलापछि उहाँले पुनः नागरिकताको प्रमाणपत्र लिनुभएको हो । अवैध नागरिकताकै कारण उहाँको सांसद र मन्त्री पद खारेज भइसकेको छ ।

लामिछाने गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • मिठु बहादुर गौतम

    Jan. 29, 2023, 9:05 p.m.

    नेपाली र नेपालको छोरा भएर ,नेपाली बंशजको आधारमा नागरिकता हुदाहुदै पनि रवि लामिछानेको नागरिकता छानवीन गरि सबै पदबाट अयोग्य बनाईयो तर मधेशमा मधेसी नेता तथा भारतियले नागरिकता लिएका छन् कहिले हुन्छ छानबिन ? अदालतको तेतापनि नजर पुगोस ।

  •  0 Reply
  • मिठु बहादुर गौतम

    Jan. 29, 2023, 9:04 p.m.

    नेपाली र नेपालको छोरा भएर ,नेपाली बंशजको आधारमा नागरिकता हुदाहुदै पनि रवि लामिछानेको नागरिकता छानवीन गरि सबै पदबाट अयोग्य बनाईयो तर मधेशमा मधेसी नेता तथा भारतियले नागरिकता लिएका छन् कहिले हुन्छ छानबिन ? अदालतको तेतापनि नजर पुगोस ।

  •  0 Reply
  • खड्ग राई

    Jan. 29, 2023, 2:37 p.m.

    सिधाकुरा जनतासँग कार्यक्रम सञ्चालक रहँदानै वहाँ आफैलाई थाहा थियो कि वहाँका विरोधिहरूले त्यही नागरिकतालाई कारण बनाई खुट्टा तान्ने प्रपञ्च बनाउदै छन् भन्ने कुरो र आफ्नो कमी कमजोरीहरू बारे पनि वहाँ जानकार हुनुहुन्थ्यो । त्यतिका जानकार मान्छेले आफ्ना कमी कमजोरी सच्याउन किन कन्जुस्याई गर्नु भएको होला भन्ने मेरो जिज्ञासा रह्यो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया