अर्जेन्टिनाका एन्जोलाई कीर्तिमानी रकम खर्चेर चेल्सीले गर्यो अनुबन्ध

 माघ १९, २०७९ बिहिबार ८:३५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रिमियर लिग क्लब चेल्सीले अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई लिगकै कीर्तिमानी रकम खर्चेर अनुबन्ध गरेको छ ।

चेल्सीले पोर्चुगिज क्लब बेन्फिकालाई १ सय ७ मिलियन पाउण्ड तिरेर एन्जोलाई अनुबन्ध गरेको हो । प्रिमियर लिगमा खेलाडी अनुबन्ध गर्न खर्च गरिएको यो सर्वाधिक रकम हो । यसअघि म्यानचेस्टर सिटीले एस्टन भिल्लाबाट ज्याक ग्रिलिसलाई १ सय मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

एन्जो अर्जेन्टिनाका सर्वाधिक महँगा खेलाडी पनि बनेका छन् । २२ वर्षीय मिडफिल्डर एन्जोले चेल्सीमा साढे ८ वर्षका लागि सम्झौता गरेका छन् । उनले कतारमा भएको फिफा विश्व कप फुटबलमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका थिए । कतार विश्व कप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको थियो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया