सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ

 माघ १९, २०७९ बिहिबार १०:५२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज तोलामा सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगाे हो । यसअघि गएको १२ गते सुनको भाउ बढेर तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको थियो । 

हिजो सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ थियो । हिजोको भाउभन्दा आज सुन तोलामा १ हजार २ सय रुपैयाँले धेरै हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगाे भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

विश्वमा आर्थिक स्थिरता नहुँदा लगानी सुरक्षित हुन सकेको छैन । सुरक्षित लगानीका लागि सुनमा लगानी बढेकाले अहिले सुनको माग र कारोबार बढ्दा भाउ बढेको महासङ्घको भनाइ छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया