पक्राउ परेका सांसदलाई रिहाइ गर्न नागरिक उन्मुक्ति पार्टीकाे २४ घन्टे अल्टिमेटम

 माघ १९, २०७९ बिहीबार २०:२७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चाैधरीलाई रिहाइ गर्न २४ घन्टे अल्टिमेटम दिएकाे छ । 

फौजदारी अभियोगमा दोषी ठहर भएका सांसद चौधरीलाई पक्राउ गरेको विरोध गर्दै पार्टीले रिहाइ गर्न २४ घन्टे अल्टिमेटम दिएकाे हाे । १० वर्षसम्म यो विषयमा कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको पार्टीले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । २४ घन्टाभित्र रिहाइ नगरे आन्दोलनमा जाने पार्टीले चेतावनी दिएकाे छ । 

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई आज बिहीवार दिउँसाे प्रहरीले बाँकेबाट पक्राउ गरेको थियाे । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको अभियोगमा अदालतले यसअघि गरेको फैसला कार्यान्वयनको लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया