प्रिमियर लिग : शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित

 माघ २२, २०७९ आइतबार ६:५३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - प्रिमियर लिगमा हिजो भएको पहिलो खेलमा शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित भएको छ ।

आर्सनल घरेलु टोली एभर्टनसँग १–० गोलले पराजित भएको हो । घरेलु मैदानमा एभर्टनको जितमा जेम्स तार्कोवस्कीले खेलको ६०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै एभर्टनको २१ खेलमा १८ अङ्क भएको छ । एभर्टन १७औं स्थानमा उक्लिएको छ । शीर्षस्थानको आर्सनलको २० खेलमा ५० अङ्क छ ।

गएराति भएका अरु खेलमा न्युक्यासल र वेस्टह्यामले एक/एक गोलको बराबरी खेलेका छन् । एस्टन भिल्ला लेस्टर सिटीसँग ४–२ गोलले पराजित भएको छ । त्यस्तै ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३–० गोल र ब्राइटनले बर्नमाउथलाई १–० गोलले हराएको छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया