पाकिस्तानमा सेना र न्यायपालिकाको उपहास गर्नेलाई पाँच वर्ष जेल सजाय

 माघ २३, २०७९ सोमबार ६:४४:२८ | एजेन्सी
unn.prixa.net

पाकिस्तान सरकारले सेना र न्यायपालिकाको उपहास गर्नेलाई पाँच वर्ष जेल सजायको प्रस्ताव गर्ने विधेयक तयार गरेको छ ।

सरकारले दण्डसंहिता र फौजदारी प्रक्रियासंहितालाई परिवर्तन गर्ने विधेयक तयार गरेको छ । सामाजिक सञ्जाललगायत जुनसुकै माध्यमबाट पाकिस्तानी सेना र न्यायपालिकाको निन्दा गर्नेलाई पाँच वर्षसम्म कैद सजायको प्रस्ताव विधेयकमा गरिएको छ ।  प्रस्तावित विधेयक चाँडै सङ्घीय मन्त्रिपरिषद्समक्ष प्रस्तुत गरिने छ।

राज्यका महत्त्वपूर्ण निकाय र तिनका अधिकारीविरुद्ध घृणा जगाउने उद्देश्यले नियतवश गरिएका साइबर आक्रमण र अभियानलाई नियन्त्रण गर्न यस्तो विधेयक आवश्यक भएको सङ्घीय मन्त्रिपरिषद्को कार्यालयलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।   

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया