पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल लिटरको १ सय ७८ रुपैयाँ

 माघ २४, २०७९ मंगलबार ६:३९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँका दरले बढाएको हो । अब पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पुगेको छ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको छ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ८ सय रुपैयाँ रहेको छ ।

निगमले विज्ञप्ति निकालेर इन्डियन आयल कर्पोरेसनबाट गएको १६ गते प्राप्त नयाँ खरिद मूल्ययसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ १० पैसा, डिजलमा ७ रुपैयाँ ९८ पैसा, मट्टितेलमा ४ रुपैयाँ ६१ पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ८० पैसा मूल्य बढेर आएकाले मूल्य बढाएको जनाएको छ ।

यो महिना नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई तिर्नुपर्ने बक्यौता १६ अर्ब ३० करोड रुपैयाँ रहेको निगमको दाबी छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया